काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाहको सीमा सम्बन्धी अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्‍याएका छन्।

प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै उनले ढुंगो बोल्ला तर प्रधानमन्त्री नबोलेको समेत बताए । उनले भने–ढुंगा बोल्ला, मान्छे बोल्दैन भने जस्तै भएको छ, प्रधानमन्त्रीले महानगरको मेयर छँदा एउटा समस्या हुँदा फेसबुकमा लेखेर सिंहदरबार जलाइदिन्छु भन्नुभयो। पछि सिंहदरबार जल्यो। सीमाबारे पनि त्यस्तै हुने त होइन भन्ने डर लागेको छ । 

ad


सांसद राईले गरिब निमुखाको निम्ति काम गर्छु भनेर आएको सरकारले गरिबहरूलाई निमोठ्ने काम गरिरहेको आरोप समेत लगाए । सरकारले गरिबमाथि धारे हात लगाएर निमोठ्ने काम गरेको छ, उनले भने ।