काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकार लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हिँड्न र नागरिक अधिकारमाथि प्रहार गर्न खोजेको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई ‘श्री ८’ को संज्ञा समेत दिएका छन् ।

ad

उनले नागरिकका संवैधानिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्दै सरकारले एउटा व्यक्तिलाई सर्वेसर्वा बनाउने प्रपञ्च रचिरहेको दावी समेत गरे । 

‘सरकारले श्री ८ बालेन्द्रलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजेको छ,’ उनले भने, ‘देशमा रहेको संविधान र कानुनी परिधिभित्र रहेर उठ्ने प्रश्नभन्दा माथि श्री ८ हुनुहुन्छ भन्ने चेतावनी नागरिकलाई यो सरकारले दिइरहेको छ ।’