
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय पुनः विस्तार गर्दै आगामी ३ साउनसम्म कायम गर्ने निर्णय गरेको छ।
पार्टीका महामन्त्री प्रदीप पौडेलका अनुसार निर्धारित समयभित्र सदस्यता वितरणको प्रक्रिया अपेक्षित रूपमा सम्पन्न हुन नसकेपछि अवधि थप्ने निर्णय गरिएको हो।
उनका अनुसार यसबाट सदस्यता वितरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महामन्त्री पौडेलले पार्टीका सबै सम्बन्धित निकायलाई थपिएको समयसीमाभित्र सदस्यता वितरणको कार्य सम्पन्न गर्न निर्देशन दिएका छन्।
यसअघि कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि २० असारसम्मको समयसीमा निर्धारण गरेको थियो।
पार्टीले नयाँ क्रियाशील सदस्यता लिन इच्छुक व्यक्तिका लागि अनलाइनमार्फत पनि आवेदन दिने व्यवस्था मिलाइएको जनाएको छ।










Facebook Comments