
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको जनजीविकाको सवालमा प्राथमिकता नभएको बताएका छन् । उनले सरकारलाई नागरिकको लाइफको भन्दा सामाजिक सञ्जालमा लाइकको चिन्ता रहेको टिप्पणी गरेका छन् ।
सरकारका १०० दिनबारे पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो सुरू भएको समीक्षात्मक कार्यक्रममा बोल्दै उनले अव्यवस्थित वसोबासीको समस्या समाधान गर्ने कुरामा पुराना पार्टीहरुको कुनै विमति नभए पनि सरकारले सुकुम्बासीहरुलाई व्यवस्थापन गर्ने कुरामा आवश्यक प्रक्रिया अवलम्बन गर्न चुकेको बताए ।
सरकारले कानुनबाट हल गर्न सकिने सबै कुराहरु तयारी रहेको अवस्थामा समेत एकाएक बस्तीमा डोजर चलाएर फिल्मी शैली प्रदर्शन गरेर मानवीयता समेत नदेखाएको आरोप लगाए ।
उनले सरकार विधि र प्रक्रियाभन्दा पनि परिणाम दिन्छु भनेर कानुनविपरीत लागेको देखिएको बताए । उनले भने अहिलेको सरकारले ‘म तिमीलाई परिणाम दिन्छु भनेर गोलीमाराको शैलीमा अगाडि बढिरहेको छ ।










Facebook Comments