काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयले भदौ २३ र २४ को जेनजी आन्दोलनका घटनासँग सम्बन्धित फौजदारी अभियोगका मुद्दा अघि नबढाउन सरकारी वकिल कार्यालयलाई निर्देशन दिएको छ ।


गृह मन्त्रालयको यही असार १८ गतेको निर्णय अनुसार २०८२ भदौ २३ र २४ का घटनाहरूमा लागेका फौजदारी अभियोगका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिससहितको प्रतिवेदन पेस गर्न कार्यदल बनेर प्रक्रियामा रहेको पत्रमा उल्लेख छ ।

ad

सोही कार्यदलको प्रतिवेदन पेस नभएसम्मका लागि उक्त दिनका घटनामा संलग्न भएकै कारण दायर गरिएका फौजदारी मुद्दाहरूको सुनुवाइ प्रक्रिया हाललाई रोक्न महान्यायाधिवक्ताको कार्यालयले भनेको हो ।