काठमाडौं । सशस्त्र प्रहरी बलले कीर्तिपुरमा सञ्चालन गर्दै आएको नेपाल एपीएफ स्कुलको ११ करोड रुपैयाँ घोटाला गरेको आरोपमा लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ र उनी निकटका लीलाबहादुर लामा पक्राउ परेका छन् ।

सशस्त्र प्रहरीको आन्तरिक छानबिन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । 

ad

गुरुङले स्कुलको रकम लामाको कम्पनीका खाताहरूमा पठाएर मिटर ब्याजमा चलाउने गरेकी छानबिनबाट देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) युवराज अर्यालको नेतृत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर गुरुङले गैरकानूनी रूपमा विद्यालयको रकम अपचलन गरेको निष्कर्ष निकालेको थियो ।