काठमाडौं । सुचना तथा सञ्चार मन्त्री डा. बिक्रम तिमिल्सिनाले पत्रकारिताको क्षेत्रमा गलत ढंगले हस्तक्षेप गरियो भने त्यसको परिणाम सहज हुँदैन भन्ने कुरा सरकारलाई राम्रोसँग थाहा भएको बताएका छन् ।

नेपाल पत्रकार महासघंको आज ललितपुरमा भएको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सरकार मिडिया क्षेत्रका समस्या समाधानका लागि  ठोस रूपमा काम गर्न पनि आतुर रहेको पनि बताए। उनले आफू  सञ्चार क्षेत्रको हित, संरक्षण र उन्नयनका लागि काम गर्न पूर्णरूपमा तयार भएको पनि स्पष्ट पारे ।

ad

उनले सञ्चार माध्यमलाई कसरी थप जिम्मेवार र व्यवस्थित बनाउने भन्ने विषयमा ध्यान दिन आग्रह गरे । उनले  पत्रकारिताको क्षेत्रमा अनुचित हस्तक्षेप गर्ने सरकारको कुनै सोच, नीति वा उद्देश्य नभएको स्पष्ट पार्दै यो क्षेत्रलाई बलियो, स्वच्छ, सशक्त र जिम्मेवार बनाउन सधैँ तयार भएको पनि बताए ।