गुरुदत्तको जन्म जयन्ती जन्मशब्दी मनाइँदै छ ।

मलाई एकदिन थापाजीले फोन गरे, गुरुदत्तको जन्म जयन्ती मनाउनेबारे मलाई पनि सहभागी बनाइएको रहेछ । मलाई खुसी पनि लाग्यो, गुरुदत्तका प्रशंसक हामीकहाँ पनि रहेछन् । भारतीय सिनेमामा गुरुदत्तको नाउँ त्यस्ता फिल्मकारका रूपमा लिइन्छ, जसले थोरै फिल्म बनाएर सबभन्दा ऊँचोमध्ये एक स्थान प्राप्त गरे । आज उनको अवसानको साठी वर्षजति भए पनि उनी आफ्नो स्थानमा विराजमान छन् । उनी फिल्मकारका लागि एउटा स्कुल बनेका छन् । 

ad

उनका तीन फिल्म– प्यासा, कागज के फुल र साहब बिबी और गुलाम फिल्म त अतुलनीय छन् । 

शिवशंकर पादुकोण भन्ने एक मध्यवित्तका मानिस थिए । उनी बर्माशेल नामक कम्पनीमा काम गर्दथे, राम्रो पदमा । 

सन् १९२५मा भएको थियो । उनको ब्राह्मण परिवार थियो । उनको न्वारनको नाउँ थियो– बसन्त शिवशंकर पादुकोण । तर उनको यो नाउँ आज कसैलाई सम्झना हुँदैन । 

उनकै आमाका देवर स्वामी रामदासले उनको नाउँ राखदिए गुरुदत्त । रामदासका गुरु थिए, गुरु देवदत्त । त्यसैको आधारमा गुरु थिए, गुरु देवदत्त । त्यसैको आधारमा स्वामी रामदासले गुरुदत्त नाउँ राखिदिएका थिए । नाउँ फेर्नुपर्ने कारण के थियो भने शिशु अवस्थामै एक दुर्घटनाका कारण उनी बिरामी परे । नाउँ फापेन भन्ने भयो । गुरुदत्तकी आमाको नाउँ बसन्ती थियो । त्यसै आधारमा बसन्त राखिएको थिए । देवर स्वामी रामदासले नाउँ फापेन भनेर गुरुदत्त नाउँ राखिदिए । यो नाउँ सजिलो पनि थियो र राम्रो पनि कोहीकोहीे भन्दछन्, कलकत्तामा धेरै समय बिताएका हुनाले गालीमा प्रचलित दत्तलाई उनले अँगालेका हुन् । त्यो कुरा सत्य होइन । 

पिता शिवशंकर साधारण जीवन बिताउने व्यक्ति थिए । उनी चाहन्थे, गुरुदत्त पनि, वर्माशेलमा काम गरून् र सामान्य जीवन बिताऊन् । तर गुरुदत्तको प्रकृति अर्कै थियो । उनी स्वतन्त्र स्वभावका व्यक्ति थिए । म्याट्रिकुलेसनपछि उनले पढाइ पनि छाडिदिए । 

अल्मोडामा प्रख्यात मृत्युकारको नृत्य स्कुल थियो । त्यहाँ उनले नृत्यको शिक्षा प्राप्त गरे । त्यो काम पनि लाग्यो । 

गुरुदत्त पुना गएर प्रभात फिल्म कम्पनीमा सहायक नृत्य निर्देशकको काम गर्न थाले । लाख रानी देवआनन्द अभिनीत, हम एक है फिल्ममा पनि उनी सहायक नृत्य निर्देशक भए । फिल्म हे¥यो भने यो स्पष्ट हुन्छ । 

त्यसबाहेक उनी छोटो मोटो अभिनय पनि गर्थे । जस्तो– नायिकाको भाइ, वा नायकको मित्र । 

यो त थालनी मात्र थियो । उनको त आकांक्षा स्काइज द लिमिट थियो । 

सन १९५१ मा उनले ‘बाजी’ बनाए । त्यसमा देव आनन्द थिए ।

गुरुदत्त र देवआनन्दको मित्रताको कथा पनि छ । कमेडी अफ एरर्स भन्न सकिन्छ ।

एकपटक धोवीले भूलवश देवआनन्द र गुरुदत्तको सर्ट धुन लगेका  साटेर पठाइदिएछ । देवआनन्द र गुरुदत्त दुवै फिल्म संघर्ष गर्दै थिए । त्यसदिन दुवै साटिएको सर्ट लगाएर स्टुडियो पुगे । 

दुवैले आ–आफ्नो सर्ट चिने । यो थाहा भयो कि दुवैको चाबी एउटै रहेछ । उसले गल्तीले सर्ट साटिदिएछ । धोबीको गल्तीले सिनेमा इतिहासलाई बदलिन सहायता ग¥यो । त्यसपछि गुरुदत्त र देवआनन्द सधैँभरिका लागि पक्का मित्र भए । दुवै संघर्षशील अवस्थामा थिए । एक ठाउँमा बसेर संर्घष गर्दथे । तिनै कुनै क्षणमा तिनले एक अर्कालाई वचन दिए । जसले पहिले फिल्म बनाउँछ, त्यसले अर्काेलाई मौका दिन्छ । 

गुरुदत्त नृत्य–निर्देशक त थिए नै, अब फिल्म निर्देशन गर्न चाहन्थे । देव आनन्दको अभियानको आकाश छुनु थियो, उनी अभिनय गर्न चाहन्थे । 

दुवैले आफ्नो वचन पूरा गरे । गुरुदत्तको पहिलो फिल्म बाजी भयो । उनको निर्देशनमा बनेको थियो । यही देवआनन्दको फिल्म कम्पनी नवकेलन फिल्म्सको पनि पहिलो फिल्म थियो । 

देवआनन्दको भने बाजी पहिलो फिल्म होइन । उनले यसअगि ‘हम एक है’मा काम गरिसकेका थिए । देवआनन्द र गुरुदत्तको मित्रता पछिसम्म रह्यो, एक–अर्काको फिल्ममा खेले पनि नखेले पनि । बाजी पछि जाल अनि सिआइडी तीनै फिल्म गुरुदत्त र देवआनन्दको थियो । 

यी तीनमा मलाई सिआइडी विशेष मन पर्छ । हुन त तीन्टै फिल्म सस्पेन्स थ्रिलर थियो । 

अचेलको भाषामा एक्सन फिल्म पनि भन्न सकिन्छ । यिनमा सिआइडी मलाई विशेष रूपमा मन पर्छ । देवआनन्दको अभिनयको जुन खास स्वग हो शैली हो, जुन उनको व्यक्तित्वको अंगमै सिआइबीमा स्पष्ट रूपमा देखिन्छ । मेरो व्यक्तिगत विचारमा त त्यो प्रसिद्ध देव आनन्दको शैली सिआइडी देखिन थालिएको हो । 

सिआइडी गुरुदत्त र देवआनन्दको साथ भएको अन्तिम फिल्म पनि बन्यो । गुरुदत्त प्यासा बनाउने तरखरमा लागे । प्यासामा देव आनन्दको चञ्चल नायकको काम थिएन । 

प्यासा एक बेरोजगार कविको कथा हो, जसको दुनियाँले उपेक्षा गर्दछ । उसको कविताको काम त तौलेर भाउ लगाउँछ । ऊ बाहिर त बाहिर घरमा पनि शिकार हुन्छ । कलेजको समयमा उसकी एउटी प्रेमिका थिई । जसले आफ्नो करिअर बनाउन निर्धन अपेक्षित र असफल जीवन बाँचिरहेको कविभन्दा धनाढ्य प्रकाशसँग विवाह गरी । उसलाई कदर गर्ने र उसको कवितालाई प्रेम गर्ने एउटी वेश्या हुन्छे । 

अन्त्यमा जीवित कवि तारतम्यमा परेर मृत मानिन्छ । उसको कविता पुस्तक बिक्न थाल्छन् । एक्कासि जीवनमा उपेक्षा गर्नेहरू उसको मृत्युमा उसलाई महान् घोषित गर्दै उसको सम्मानमा शोकसभा मनाइन्छ । आफ्नो शोकसभाका लागि टन्न भरिएको दर्शकहरूबीच कवि प्रकट हुन्छ र भन्छ ः

ये दुनियाँ अगर मिलभी जाये तो क्या है ? यो गीत प्यासा फिल्मको सारांश पनि हो । प्यासा एक नाटकीय अन्त्यका साथ समाप्त हुन्छ तर दर्शकमा प्यासाले पारेको छाप अमीट छ । बाँकी पछि...