काठमाडौं । एनआईसी एशिया बैंकले चार सामुदायिक विद्यालयलाई सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नवदुर्गा गाउँपालिका–१, असुर्पा, डडेल्धुरास्थित श्री भुवनेश्वरी माध्यमिक विद्यालय, मुसिकोट नगरपालिका–५ सेरीगाउँ, रुकुम पश्चिमस्थित श्री यमुनानन्द नमुना माध्यमिक विद्यालय, मंगलसेन नगरपालिका वडा नम्बर ९, ओलीगाउँ, अछामस्थित श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र मंगलसेन नगरपालिका, वडा नम्बर १४, कालागाउँ, अछामस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई ल्यापटप, डेस्कटप कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सहयोग उपलब्ध गराएको हो ।

ad

बैंकले भुवनेश्वरी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका १५३ भन्दा धेरै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा सहयोग होस् भन्ने हेतुले २ वटा प्रोजेक्टर प्रदान गरेको छ ।

आषाढ १७ गते एक कार्यक्रमकाबीच बैंकका डडेल्धुरा शाखा प्रमुख पदम राज भट्टले उक्त विद्यालयका प्रधानाध्यापक दीपकप्रसाद भट्टलाई उक्त प्रोजेक्टरहरु प्रदान गरे । त्यसैगरी, १०८७ भन्दा धेरै विद्यार्थी अध्ययनरत  यमुनानन्द नमुना माध्यमिक विद्यालयलाई बैंकले प्रिन्टर उपलब्ध गराएको छ ।

बैंकका रुकुम पश्चिम शाखा प्रमुख ओमकार घर्ती मगरले उक्त विद्यालयका प्रधानाध्यापक कमलप्रसाद देवकोटालाई उक्त प्रिन्टर प्रदान गरे ।

त्यसैगरी, गुणस्तरीय शिक्षा र प्रविधि पहुँचमा सहयोग पुर्‍याउन भन्दै बैंकले श्री मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको छ ।

एक कार्यक्रमका बीच ४८३ भन्दा धेरै विद्यार्थी अध्ययनरत उक्त विद्यालयका लागि यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्रबहादुर थापाले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर रावल र सोही विद्यालयका प्रधानाध्यापक तेजबहादुर रावललाई उक्त ल्यापटप, डेस्कटप कम्प्युटर र प्रिन्टर प्रदान गरे ।

यसैगरी, सोही दिन एक कार्यक्रमका बीच बैंकले ४०५ भन्दा धेरै विद्यार्थी अध्ययनरत रहेको मंगलसेन नगरपालिका, वडा नम्बर १४ कालागाउँ, अछामस्थित श्री अन्नपूर्ण माध्यमिक विद्यालयलाई यस बैंकका साँफेबगर शाखा प्रमुख सुरेन्द्र बहादुर थापाले उक्त विद्यालयका प्रधानाध्यापक छत्र विक्रम रावललाई २ थान ल्यापटप, ४ थान डेस्कटप कम्प्युटर र एक थान प्रिन्टर हस्तान्तरण गरे ।