
खेलको १०१ औं मिनेटमा जोनाथन टाहले कर्नरमार्फत प्रहार गरेको बलले जाली चुमेपछि जर्मनीले जित सुनिश्चित गरेको ठानेको थियो। तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को हस्तक्षेपपछि मोरक्कन रेफ्री जलाल जायेदले पिच–साइड मोनिटरमा उक्त भिडियोको पुनरावलोकन गरेका थिए। भीएआर समीक्षामा जर्मनीका डिफेन्डर वाल्डेमार एन्टनले प्याराग्वेका गोलकिपर ओर्लान्डो गिललाई क्रस रोक्न जाँदा अवरोध पुर्याएको (फाउल गरेको) ठहर गर्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्। यही निर्णय नै जर्मनीका लागि दुर्भाग्यपूर्ण साबित भयो।
विश्व वरियताको १० औं स्थानमा रहेको जर्मनीलाई ४१ औं स्थानको प्याराग्वेले पाखा लगाउनु आधुनिक विश्वकप इतिहासकै सबैभन्दा ठूलो उलटफेर मध्ये एक मानिएको छ। सन् १९९४ यता नकआउट चरणमा भएको यो चौथो ठूलो वरियता अन्तरको पराजय हो। पराजयसँगै जर्मनीको विश्वकप २०२६ को यात्रा इतिहासकै सबैभन्दा चाँडो समाप्त भएको छ भने रक्षात्मक अनुशासन र उत्कृष्ट प्रदर्शन गरेको प्याराग्वेले फिलाडेल्फियामा हुने अन्तिम १६ को खेलमा आफ्नो स्थान सुरक्षित गरेको छ।









Facebook Comments