काठमाडौं । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले जापानलाई २–१ ले पराजित गर्दै फिफा विश्वकपको अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ।
राउन्ड अफ ३२ अन्तर्गत सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सुरुआतमा पछि परेको ब्राजिलले उत्कृष्ट पुनरागमन गर्दै जित आफ्नो पक्षमा पारेको हो।
खेलको २९औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा सोही अग्रता जोगाएको जापान दोस्रो हाफमा भने दबाबमा परेको थियो।
ब्राजिलका लागि ५६औं मिनेटमा कासेमिरोले बराबरी गोल गरेपछि खेल थप रोमाञ्चक बनेको थियो। खेल अतिरिक्त समयमा जाने संकेत देखिएको बेला अन्तिम क्षणमा वैकल्पिक खेलाडी गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई अन्तिम १६ को यात्रा तय गराए।
यस हारसँगै जापानको विश्वकप अभियान राउन्ड अफ ३२ मै समाप्त भएको छ। अब ब्राजिलले अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ।










Facebook Comments