काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताहरूले वामपन्थी एकताको बहसलाई अगाडि बढाइरहेका बेला एमाले नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– पटकपटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त राग चलेछ। भयङकर खतरा देखाउदै नेतृत्ववाट चलाईएको यो कथ्य रुपमा सुन्दर र सारमा आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाईएको भुत्ते हतियार हो । सुधार र शक्ति आर्जन  चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन।आफु छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

ad