काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ बर्षमुनिका बालबालिकाहरूलाई पार्टी सदस्य बनाएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्‍मा ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधि सभाको आज बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाले ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको विषयले आफूलाई निकै गम्भीर र आश्चर्यचकित बनाएको बताएकी छन् ।

ad

‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ।

१८ वर्षभन्दा मुनीका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार जरिवाना र ३ वर्ष कैद हुने व्यवस्था छ। के रास्वपा संविधान भन्दा माथि हो ?’