काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले सीमा विवादबारे दिएको अभिव्यक्ति उपर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले माफी माग्नैपर्ने बताएको छ ।


प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले उठेपछि सभामुखले एमाले सांसदलाई बोल्न समय दिएका थिए । एमालेको तर्फबाट बोल्दै सांसद पुष्पराज कंडेलले राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्री शाहले देशसँग माफी माग्नैपर्ने बताए । एमाले सांसद कँडेलले प्रधानमन्त्री बालेनको अभिव्यक्ति संसदीय रेकर्डबाट समेत हटाउनुपर्ने माग गरेका छन् ।

ad

उनले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारले पूर्वाग्रही भएर पक्राउ गरेको आरोप लगाए ।