काठमाडौं । मन्त्रिपरिषद्‍का ७ जना सदस्यहरू रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित हुँदा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव केन्द्रीय सदस्यमा हारेका छन् । 


मन्त्री यादवले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका थिए । ६४ जना खुला  केन्द्रीय सदस्यका लागि २१० जना उम्मेदवारी परेको थियो । 

ad

पहिलो चरणको निर्वाचनमा कुल खसेको दुई हजार ९५९ मतमध्ये मन्त्री यादवले मात्र ८६९ मत पाएका छन् । 
यस्तै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी  भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।