काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा ८ जनाले उम्मेदवारी दिएका छन् ।

महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यले उम्मेदवारी दिएका हुन् ।

ad

निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले भने अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि पूर्वसञ्चारमन्त्री जगदीश खरेलले पनि महामन्त्री पदबाट नाम फिर्ता लिएका थिए ।