काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र नेता डा. शेखर कोइरालाबीच आज बिहान विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको छ ।

महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । तस्बिरसँगै उनले फेसबुकमा लेखेका  ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल भएको उल्लेख गरेका छन् । 

ad

महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिए ।

यस अगाडि महामन्त्री घिमिरेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलासँग टेलिफोनमा कुराकानी भएको जानकारी दिउका छन् । उनले आफू काठमाडौं फर्किएपछि दुवै नेतासँग भेटवार्ता गर्ने पनि बताए ।