चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया तीव्र बनेसँगै महामन्त्री पदका लागि प्रतिस्पर्धा रोचक देखिएको छ। पार्टीमा दुई महामन्त्री रहने व्यवस्था भएकाले उक्त पदका लागि आधा दर्जन नेताले दाबी प्रस्तुत गरेका छन्।

महामन्त्री पद पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारीसँग जोडिएको महत्वपूर्ण पद मानिन्छ। यसका लागि वर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी पुनः प्रतिस्पर्धामा उत्रिएका छन्।

ad

उनीसँगै सहमहामन्त्री विपिन आचार्य तथा नेताहरू शिशिर खनाल, मनिष झा, गणेश पराजुली र भुवदेव शाह पनि महामन्त्री बन्ने दौडमा छन्।

महाधिवेशनअन्तर्गत सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने वरिष्ठ नेताको जिम्मेवारी बालेन शाहले सम्हाल्ने लगभग निश्चित भएको छ। अन्य पदमा भने प्रतिस्पर्धा कायम छ।

निर्वाचन आयोगका अनुसार नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुँदैछ। यद्यपि, महामन्त्रीका आकांक्षीमध्ये भुवदेव शाहलाई निर्वाचित प्रक्रियाभन्दा मनोनयनमार्फत जिम्मेवारी दिइने सम्भावना रहेको चर्चा पार्टीभित्र चलिरहेको छ।