
ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३।८४ का लागि बजेट विनियोजन गरेको छ । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आर्थिक वर्ष २०८३।८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ३ अर्ब २५ करोड १८ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको हो।
चालू आर्थिक वर्षको लागि २ अर्ब ९६ करोड ६४ लाख १८ हजार विनियोजन हुदाँ तलब वृद्धि, प्रोत्साहन भत्ता, तथा अन्य प्रशासनिक दायित्वका कारण चालु खर्चमा वृद्धि गरिएको छ।
साथै चालू खर्चतर्फ करिब २८ करोड रुपैयाँ बढ्ने महानगरले प्रक्षेपण गरेको छ । यो रकम चालू वर्षको तुलनामा ९ प्रतिशत बढी हो।
पुँजीगत खर्चमा ४ अर्ब २३ करोड ६९ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्षमा यस्तो खर्च ४ अर्ब ५० करोड ७७ लाख २९ हजार विनियोजन भएको थियो।
गत वर्षको तुलनामा पुँजीगत खर्च करिब २७ करोड रुपैयाँले घटाइएको महानगरले जनाएको छ।








Facebook Comments