
काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरणका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
जिल्लामा खटाइएका प्रतिनिधिहरुलाई सदस्यता वितरण कार्यलाई प्रभावकारी र व्यवस्थित बनाउने जिम्म्ेवारी दिइएको छ । नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्यका साथ केन्द्रीय प्रतिनिधि तोकिएको हो ।
तोकिएका केन्द्रीय प्रतिनिधिहरूलाई असार २० गतेसम्म सम्बन्धित जिल्लामा उपस्थित भई समन्वय, सहजीकरण तथा जिम्मेवारी पूरा गर्न निर्देशन समेत दिइएको छ ।









Facebook Comments