काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह काठमाडौँ आएका छन् । उनी आज बिहान ११ः३१ बजेको उडानद्वारा काठमाडौँ आईपुगेका हुन् ।

प्रधानमन्त्री शाहसहित उनका सचिवालयका केही सदस्य पनि काठमाडौं फर्किएका छ्न ।

ad

प्रधानमन्त्री शाहले पार्टीको महाधिवेशनको उद्घाटनसत्रमा आइतबार सम्बोधन गरेका थिए भने मङ्गलबारको बन्दसत्रमा उनी सहभागी भएका थिए । महाधिवेशनबाट शाह वरिष्ठ नेता निर्वाचित भएका थिए ।

चितवनमा रहँदा उनले सौराहास्थित हात्ती प्रजनन केन्द्र र चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गरेका थिए ।