चितवन । गृहमन्त्री सुदन गुरुङले सेवन गरेको खानामा माछाको काँडा भेटिएको घटनापछि प्रहरीले सम्बन्धित होटलका दुई भान्छे कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार घटनाबारे आवश्यक जानकारी संकलन गर्न दुवै कर्मचारीलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

ad

प्रहरीका अनुसार गृहमन्त्री गुरुङले भरतपुर विमानस्थल नजिक रहेको एक होटलमा अम्लेट खाएका थिए। खाना खाइरहेका क्रममा अम्लेटमा माछाको काँडा फेला परेपछि घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

गृहमन्त्री गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशनमा सहभागी हुन चितवन पुगेका थिए। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।