
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर लामो समयसम्म छलफल गरेको स्वीकार गरेका छन्। आइतबार आयोजित रास्वपाको महाधिवेशनमा सम्बोधन गर्दै उनले यस विषयमा सार्वजनिक रूपमा आफ्नो धारणा राखेका हुन्।
शाहले विगतमा राज्यकोष र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भए त्यसविरुद्ध कठोर रूपमा उभिने बताए। भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा आफू कुनै दबाब वा प्रभावमा नपर्ने उनको भनाइ थियो।
उनले आफू कुनै राजनीतिक दलसँग व्यक्तिगत वा राजनीतिक वैरभाव नराख्ने स्पष्ट पार्दै राज्यको सम्पत्तिमाथि भएको हिनामिनाविरुद्ध भने कडा कदम चाल्न तयार रहेको बताए।
“हामी कसैसँग पनि अनावश्यक दुस्मनी राख्दैनौँ। तर राज्यकोष र सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको छ भने त्यसविरुद्ध बोल्न र कारबाहीको पहल गर्न पछि हट्दैनौँ,” शाहले भने।
प्रधानमन्त्री बालेनले भारतसँगको सीमा समस्याबारे ब्रिटेनको मध्यस्थता नखोजिएको दाबी गरे । उनले कालापानी लिपुलेकको प्रमाण मात्रै ब्रिटिससँग लिन खोजेको भनाइ राखे ।
“हामीले सीमाको विषयमा बोल्दा आपत्ति जनाइयो । मलाई अचम्म लाग्यो । तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसित त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । ब्रिटिसले राज गर्दा कालापानी लिपुलेकको त्यो प्रमाण ल्याउँछौँ भनेका हौँ,” रास्वपाका वरिष्ठ नेता समेत रहेका बाहले भने, “ब्रिटिसलाई मध्यस्थकर्ता बनाउन खोजेका होइनौँ । हामी हाम्रो छिमेकीसित आफैँ कुरा गरेर मिलाउँछौँ ।”
हालै सञ्चारमाध्यममा उठेका प्रश्नहरूको संकेत गर्दै उनले अख्तियारका पदाधिकारीसँग भएको भेटघाटबारे पनि टिप्पणी गरे। “चार–पाँच घण्टा सोधपुछ गरेको भनेर चर्चा भयो। आवश्यक परे चार–पाँच घण्टा मात्र होइन, चार–पाँच वर्षसम्म पनि प्रश्न गर्न सकिन्छ,” उनले भने।









Facebook Comments