काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीका ३ पूर्व अध्यक्षसहित केही नेताहरुले केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् ।

धुम्बाराहीस्थित सुर्य इभेन्टमा बसेको केन्द्रीय समिति बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा अनुपस्थित भएका हुन् ।

ad

यस्तै, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाही, कार्यसम्पादन समिति सदस्य अर्जुन राई, हरिबहादुर बस्नेत, सहायक प्रवक्ता प्रवीण थोकर, सहायक महामन्त्री प्रेमबहादुर रैयार, सहायक महामन्त्री ऋषि देवकोटा, सह–महामन्त्री रीना गुरुङलगायत पनि  बैठकमा अनुपस्थित भएका छन्।