काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको अन्तारिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले  खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । 


बैठकमा आकस्मिक समय लिएर आज सांसद राईले मन्त्री पराजुली सङ्खुवासभा गएको बेलामा बिहीबार राति १०ः०० बजे प्रहरीले विनाकारण खानतलासी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । “मन्त्री पराजुलीको घरमा नभएको अवस्थामा प्रहरीले राति क्वाटरमा खानतलासी गरेको छ”, उनले भने, “प्रहरी किन यस्तो गरेको हो रु सरकारबाट म यो जान्न चाहान्छु ।”

ad

सांसद आरेन राईले जेनजी आन्दोलनका बेला नयाँ बानेश्वरको एक बैंकमा धितो राखेको १८ तोला सुन चोरी भएकामा उपभोक्ता मारमा परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।