
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खड्कबहादुर बुढाले सिंहदरबारभित्र अदृश्य गिरोहको हुकुमीराज चलिरहेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै बुढाले अख्तियारका प्रमुख आयुक्त सहितलाई प्रधानमन्त्री कार्यालयमा ९ घण्टा राखेर परराष्ट्र मन्त्रालयका सहसचिव विरूद्ध पक्राउ पुर्जी गर्न बाध्य पारिएको घटनाप्रति आपत्ति समेत जनाएका छन् ।
उनले भने– प्रधानमन्त्रीले बुझ्नु भएको छ कि छैन अख्तियार दुरूपयोग अनुसन्धान आयोग कुनै सतर्कता केन्द्र होइन। संवैधानिक अंग हो, यसले आवश्यक परेका बेला सरकार माथि निगरानी राख्ने र राज्य शक्तिमा चेक एण्ड ब्यालेन्स गर्ने हो। अख्तियार कसैको गोजीको संस्था होइन। आज प्रधानमन्त्री कार्यालय अख्तियारलाई तर्साएर आफ्नो इसारामा निर्णय गराउँछ भने सोही प्रधानमन्त्रीले बदमासी गर्दा कसले छानबिन गर्ने हो ?
उनले अहिले सरकारमा मन्त्रीहरूले निर्णय गरिरहेका छन् अथवा अन्य कोहीले भन्ने प्रश्नसमेत गरे ।









Facebook Comments