
काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लंघन गरेको भन्दै नियमापत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका छन् ।
सांसद रमेश मल्लले आफ्नो धारणा राखिरहेका बेला दुईजना मन्त्री हिँडेपछि महरले मन्त्रीहरूले सभाको स्थापित नियम र गरिमाको बेवास्ता गरेको भन्दै नियमापत्ति गरेका हुन् ।
महरले प्रतिनिधि सभा नियमावलीको नियम २० को खण्ड ६ मा रहेको व्यवस्था बमोजिम नियमापत्ति गरेका थिए। उक्त नियममा सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नहुने स्पष्ट व्यवस्था गरिएको छ।










Facebook Comments