पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सभामा प्रस्तुत गरेको बजेट वक्तव्यमा त्रुटि भएको स्वीकार गर्दै माफी मागेर सच्याइएको छ।

प्रदेश सभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री जितबहादुर शेरचनले बजेट वक्तव्यमा त्रुटि भएको स्वीकार गर्दै उक्त त्रुटि सच्याइएको बताएका हुन्।

ad

उनले गत असार १ गते प्रस्तुत गरेको बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन मन्त्रालयको बजेट २ अर्ब हुने उल्लेख गरेका थिए । तर, उक्त रकम ९२ करोड मात्रै भएको बिहीबारको बैठकमा जानकारी गराएका हुन्।

‘असार १ गते प्रस्तुत भएको बजेट वक्तव्यमा बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ,’ उनले भने ।