काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले आफु सांसद, मन्त्री हुने मान्छे नभएपनि देशसँगको ‘पिरती’ले आफू मन्त्री बनेको बताएका छन् । 


आज बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा उठाइएका प्रश्नको जवाफ दिने क्रममा उनले ‘पिरतीले जोगी बनायो’ भन्ने गीत उद्धृत गर्दै भने– ‘म पनि सांसद, मन्त्री हुुने मान्छे त होइन, पिरतीले मन्त्री बनायो । लामो कहानी छ । मेरो पिरती देशसँग बसेको हो । सुरुमा देशसँग बसेको होइन, अमेरिकाबाट घुम्न एक दुई वर्ष भनेर आएको मान्छे गाउँसँग पिरती बस्यो, गाउँबाट जिल्ला हुँदै देशसँग पिरती बस्यो ।

ad

उनले आफू मन्त्री भए पनि  जोगी भएको अनुभूति भएको पनि बताए ।