
काठमाडौं । श्रम सँस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पार्टीको माग कायमै रहेको भन्दै उक्त राष्ट्रघाती अभिव्यक्ति प्रधानमन्त्रीले सदनमा आफै आएर आफ्नै मुखबाट सच्याउनु पर्ने बताएका छन् ।
आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरुले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनु पर्छ भनेर लगातार आवाज उठाइरहेको भए पनि अझै सुनुवाइ हुन नसकेको बताए । उनले मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई उपस्थित गराउन माग समेत गरेका छन्।
रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले आफै राखेका छन्। बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह उपस्थित छैनन्।










Facebook Comments