
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद कृपाराम रानाले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भनि राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै आम जनतासँग माफी माग्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभा आजको बैठकमा बोल्दै सांसद रानाले अमरसिंह थापा, बलभद्र कुँवर जस्ता वीर पुर्खाहरूले आर्जेको मुलुकमाथि धावा बोल्दै अधिकार कसैलाई पनि नभएको बताए ।
‘उनले भने–हाम्रो राष्ट्रियतालाई कमजोर गर्ने राष्ट्रघाती अभिव्यक्ति सम्माननीय प्रधानमन्त्रीबाट अभिव्यक्त भएको छ । यो रेकर्डबाट हटाउन माग गर्दछु । र, जनतासँग माफी माग्न हार्दिक आग्रह गर्न गर्दछु ।









Facebook Comments