काठमाडौं । नेकपा  (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीलाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न  ‘आत्म समीक्षा र पुनर्गठन‘को उद्देश्य राखी प्रारम्भ गरिएको  ‘अभियान ‘ को पूर्ण सफलताको कामना गरेका छन् ।

जुनसुकै किसिमका बाधा ब्यवधान भए पनि तथा आरोप लान्छना लगाइए पनि  आम पार्टी पंक्ति  र जनअपेक्षा अनुसार यो अभियान सफलताका साथ पुरा हुने विश्वास व्यक्त गर्दछु, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।      

ad

यसबिच  जीवन संगिनी मिराजीको स्वास्थ्य स्थितिमा गंभीर समस्या देखापरेको र उपचारको सिलसिलामा  म केही समय विशेष व्यस्त बन्नुपरेकाले   नेकपा (एमाले) लाई नयाँ स्तरमा सुदृढ र व्यवस्थित गर्न  ‘आत्म समीक्षा र पुनर्गठन ‘ को उद्देश्य राखी प्रारम्भ गरिएको यो अभियानमा  प्रत्यक्ष  रूपमा जोडिन असमर्थ रहेको सबै साथीहरूलाई अनुरोध समेत गर्दछु, उनले लेखेका छन् ।