
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया किसानहरूको समस्या समाधान गर्न प्रधानमन्त्री बालेन्द्र शाहले ध्यान नदिएकोमा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भारतले चिया निर्यातमा समस्या उत्पन्न गरेकोले इलामका चिया उद्योगी र किसानले उद्योगमा ३ दिनदेखि ताला लगाएको उल्लेख गर्दै उनले ‘यति संवेदनशिल विषयमा सरकारको ध्यान पटक्कै नपुगेको बताए ।
‘हुनत प्रधानमन्त्रीज्यू अन्य दुई मन्त्रीज्यूहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जाल हेरेर थाहा पाएको, ‘उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनु हुन्छ तर वार्षिक ३ करोडभन्दा बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरूदण्डकै रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँलाई फुर्सद भएको देखिएन’, उनले भने ।









Facebook Comments