
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका नेता कृष्णप्रसाद सिटौलाबिच आज झापामा भेटवार्ता भएको छ ।
उपसभापति शर्माका दिवंगत काका तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा श्याम भण्डारीप्रति समवेदना व्यक्त गर्न सिटौला धुलाबारीस्थित भण्डारी निवास पुगेका थिए । सोही क्रममा दुई नेताबीच करिब २० मिनेट छुट्टै वार्ता भएको हो । भेटमा पार्टीका समसामयिक विषयमा छलफल भएको बताइएको छ ।









Facebook Comments