काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ ।

पासपोर्टको आपूर्तिको विषयमा उनलाई नियन्त्रणमा लिएर बयान लिन सुरू गरिएको बताइएको छ । अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि प्रहरीले नियन्त्रणमा लिएको छ । थापा नेपाली कांग्रेसका राष्ट्रिय सभाका सदस्य सुनिल थापाका छोरा हुन् ।

ad