कोशी प्रदेश सरकारले आर्थिक बर्ष २०८३ ८४ का लागि ४० अर्व ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिंथेपले गत बर्षको भन्दा १२दशमलब ७४ प्रतिशत बढिको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिंथेपले कोशी प्रदेशको चालु तर्फ १३ अर्ब ९७ लाख ६३ लाख र पूँजीगत तर्फ २० अर्ब ७५ करोड ९९ लाख बजेट विनियोजन गरिएको बताए । यो बजेट पूँजीगत तर्फ ५१ दशमलव ३२ प्रतिशत र चालू तर्फ ३४ दशमलब ५५ प्रतिशत हो ।

यस्तै वित्तीय व्यवस्थापन तर्फ १५ करोड रुपैयाँ विनियोजन भएको छ । मन्त्री लिङ्थेपले उक्त खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ८७ करोड, संघबाट आउने वित्तीय समानीकरणबाट ९ अर्ब १२ करोड, सशर्त अनुदान ५ अर्ब ९५ करोड, समपुरक ६४ करोड, विशेष अनुदान ५५ करोड, रोयल्टीबाट प्राप्त हुने रकम ४१ करोड, सोझै भुक्तानीबाट २० करोड र बाँकी अपुग रकम नगद मौज्दातबाट ५ अर्ब व्यहोरिने बताएका छन् ।

ad