
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–४ स्थित चुरे क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा गत जेठ २९ गते कैलाली कैलाली। गोदावरी सामुदायिक वन क्षेत्रमा डिभिजन वन कार्यालय कैलालीको टोलीले एउटा टेम्पो भीरबाट खसालिदिएको विषय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा वन कर्मचारीको कार्यशैलीप्रति तीव्र आलोचना भएपछि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यस घटनाको वास्तविकता पत्ता लगाउन आज ५ सदस्यीय छानबिन समिति गठन गरेको छ ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले पत्रकार सम्मेलन गर्दै छानविन समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी आगामी ७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको जानकारी दिए ।
प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियर धोजराज जोशी र मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।










Facebook Comments