काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार नागढुंगा–मुग्लिङ सडक योजनाको निरीक्षण क्रममा बिजुलीको पोल नसार्ने ठेकेदारको ‘खुट्टा भाँच्न’ निर्देशन दिएपछि उनको सर्वत्र आलोचना भईरहेको छ ।

मन्त्री लम्सालले मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय र प्रहरी उपरीक्षक सुमित खड्काको अगाडि नै दिएको उक्त निर्देशनको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल नै बन्न पुगेको छ।

ad

यिनीहरूको यो जुन पोल छ, बिजुलीको पोलको कन्ट्र्याक्टर कहाँ छ ? यो धर्तीमा कहाँ छ ? त्यसलाई खोजेर यहाँ लिएर आउनू। त्यसलाई पनि यहाँ राख्नु। घर पठाउने होइन। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन, उनले भनेका छन् ।