काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमिमा प्रवेश गरेको विषयमा सरकारको जवाफ माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै दुलालले हेलिकोप्टरमा भारतीय सुरक्षा निकायका उच्च अधिकारी सवार रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उक्त घटनाबारे सरकारले संसदलाई स्पष्ट जानकारी गराउनुपर्ने माग गरेका हुन्।

ad

उनले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको भन्दै यस विषयमा प्रधानमन्त्रीले संसदमा स्पष्ट जवाफ दिनुपर्ने आफ्नो पार्टीको अडान यथावत् रहेको पनि बताए ।