काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहको गत जेठ १७ गते सीमाका सम्बन्धमा दिनुभएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै अध्यक्ष साम्पाङले भने– ‘प्रधानमन्त्री ज्यूले दिनुभएको अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाइयोस् भन्ने हाम्रो माग थियो । सभामुखज्यूले त्यो कहिले हटाउने आदेश दिनुहुन्छ होला भनेर हामी व्यग्र पर्खिरहेका छौं ।’

ad

उनले एसइईका विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गर्ने, टेम्पो भीरबाट खसाल्ने र प्रहरीले व्यक्तिको घरमा ढुङ्गा हानेर क्षति पुर्‍याउनेलगायतका काम गलत भएको बताए ।

उनले सुस्तामा सशस्त्र एसएसबी छिरेर आतङ्कित बनाउने गतिविधि भइरहेको भन्दै त्यसको विरोधमा माइतीघरमा युवाहरूले विरोध गर्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गर्न लागेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए ।