काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको सुरूमै विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का संसदीय दलका उपनेता पद्मा अर्याललाई बोल्न समय दिए । 


सांसद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा दिनुभएको अभिव्यक्तिका सन्दर्भमा जवाफ माग गरिन्। अर्यालले संसद्मा जवाफमा क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिका सम्बन्धमा असन्तुष्टि व्यक्त गरिन् । उनले  न्यानो आतिथ्यतामा रमाउँदै बिछ्याइएका कार्पेटहरूलाई कुल्चँदै राष्ट्रवादलाई भुलेको आरोप लगााइन् ।

ad

उनले भनिन्– ‘हामीले सुन्यौँ हामीले अतीतको बोझलाई बोक्न सक्दैनौँ भनेर रातो कार्पेटभित्र छोपिएको राष्ट्रघाती अभिव्यक्ति माननीय हाम्रो परराष्ट्र मन्त्रीले दिनुभयो। उहाँले समकक्षीसँग बस्दै इतिहासको बोझ बोक्न नसक्ने कुरा गर्नुभयो । अतीतको बोझ हामी बोक्न सक्दैनौँ भनेर के चिजलाई भन्न खोज्नुभएको हो ? उहाँले हाम्रो कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका अतिक्रमित जमिनहरूको नेपालको दाबीलाई हामीले बोक्न सक्दैनौँ भनेर भन्नुभएको हो ?