यसलाई मौलिक समाचार बनाऊ
जनकपुर। मधेस प्रदेश सभामा अर्थमन्त्री युवराज भट्टराईले चालु आव ०८२/८३ को आर्थिक सर्वेक्षण विवरण पेस गरेका छन्।

उनका अनुसार आव ०८२/८३ मा उपभोक्ता मूल्यमा मधेस प्रदेश सभाको कुल गार्हस्थ्य उत्पादन आठ खर्ब ६३ अर्ब हुने अनुमान छ। यसले राष्ट्रिय अर्थतन्त्रमा १३.१ प्रतिशतको महत्त्वपूर्ण योगदान पुर्याउनेछ। यद्यपि प्रदेशको आर्थिक वृद्धिदर भने १.३१ प्रतिशतमा मात्र सीमित रहेन प्रक्षेपण गरिएको छ।

ad

प्रदेशको अर्थतन्त्रमा क्षेत्रगत योगदानको विश्लेषण गर्दा कृषि,वन तथा मत्स्य क्षेत्रको योगदान सर्वाधिक ३५ प्रतिशत छ। खानी तथा उत्खनन क्षेत्रको योगदान सबैभन्दा न्यून ०.१० प्रतिशत छ।

त्यसैगरी आव ०८२/८३ मा मधेस प्रदेशको बजेटको आकार विगत आठ वर्षकै सबैभन्दा ठूलो अर्थात् ४६ अर्ब ९८ करोड ३३ लाख छ। यसमा चालुतर्फ १७ अर्ब ७२ करोड पाँच लाख र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख विनियोजन गरिएको छ। अघिल्लो वर्षको बजेट आकार ४३ अर्ब ८९ करोड तुलनामा यस वर्ष पुँजीगत बजेटमा उल्लेख वृद्धि भएको छ।

२०८२ असार मसान्तमा मधेस प्रदेशको सञ्चित कोषमा चार अर्ब २५ करोड ५८ लाख बचत छ। जुन अघिल्लो वर्ष ११ अर्ब सात करोड थियो। चालु आवको फागुन मसान्तसम्ममा प्रदेश सञ्चित कोषमा २० अर्ब २६ करोड जुन लक्ष्यको ४३.१२ प्रतिशत आय प्राप्त भएको छ।

यसमा कर राजस्वको ४५.८६ प्रतिशत, वित्तीय हस्तान्तरणको २९.२० प्रतिशत र नगद मौज्दातको २१ प्रतिशत हिस्सा छ। त्यसैगरी राजस्व संकलनतर्फ लक्ष्यको ४२.२७ प्रतिशत अर्थात् नौ अर्ब ५८ करोड प्राप्त भएको बाँडफाँटबाट प्राप्त हुन राजस्वमा सवारीसाधन कर ५७.२६ प्रतिशत र मूल्यअभिवृद्धि कर ५३.८५ प्रतिशतको प्राप्ति सन्तोषकजनक रहेको छ। घर-जग्गा रजिस्ट्रेसन दस्तुरको प्राप्ति भने निकै कमजोर छ।