
नेकपा एमालेले संविधान संशोधनबारे सुझाव संकलन गर्ने भएको छ । एमालेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठकले राजनीतिक र सामाजिक जीवनका विभिन्न क्षेत्रहरूबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो ।
बैठकले संविधान संशोधनसम्बन्धी सुझाव संकलनका लागि कार्यतालिका निर्माण गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको छ । उक्त उपसमितिमा रमेश बडाल, महेश बर्तौला, कृष्णभक्त पोखरेल, टिकाराम भट्टराई, राजेन्द्र घिमिरे र अमर थापा सदस्य चयन भएका छन् ।
यस्तै एमालेले संविधान संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग संवाद, छलफल तथा अन्तर्क्रिया गर्न पहल गर्ने निर्णय पनि गरेको छ । बैठकले पार्टीको संविधान संशोधन सुझाव कार्यदलको सदस्य सचिवको जिम्मेवारी नेता महेश बर्तौलालाई दिने निर्णय पनि गरेको छ ।









Facebook Comments