काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाह संयोजकत्वमा गठित संविधान संशोधन बहस पत्र तयार पार्ने कार्यदलको म्याद १ महिना थप गरेको छ।  

आज बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल जानकारी दिए । गत चैत १६ गते बसेको मन्त्रिपरिषद् बैठकले शाहको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

ad