काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्‌मा प्रश्न उठाउनु नागरिकको अधिकार र सांसदको विशेषाधिकार भएको उल्लेख गर्दै प्रश्न गर्ने सांसदलाई धम्क्याउने प्रवृत्ति बढेकोमा आक्रोश व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आजका बैठकमा विशेष समयमा बोल्दै केसीले संसद् धम्की, नाराबाजी वा प्रदर्शनको थलो नभई तर्क, बहस र नीतिगत विमर्शको मञ्च भएको स्पष्ट पारे । उनले प्रधानमन्त्रीको संसद्‌मा निरन्तरको अनुपस्थिति र मौनताप्रति गम्भीर आपत्ति जनाउँदै संसद्‌मा उपस्थित हुने वा नहुने विषय प्रधानमन्त्रीको व्यक्तिगत रुचि वा लहडको विषय नभएको बताए । 

ad


प्रधानमन्त्रीले संसद्‌प्रतिको जबाफदेहिता पन्छाउन खोजेको आरोप लगाउँदै केसीले भने, ‘प्रधानमन्त्रीको दायित्व वारेसमार्फत निर्वाह गरिनु संसद्प्रतिको घोर अपमान र खेदजनक कार्य हो ।’