
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सम्पत्तिसम्बन्धी लगायत आरोप लागेका तथा राष्ट्रिय मानव अधिकार आयोगले समेत जेनजी आन्दोलनको छाननिबनको गर्नुपर्ने भनेर सिफारिस गरेका सुधन गुरुङलाई फेरि गृहमन्त्री बनाएकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै कांग्रेस सांसद खड्काले सुधन गुरुङबारे छानविन प्रतिवेदन सार्वजनिक नगरी फेरी उनलाई गृहमन्त्री पुनः बनाएकोमा आपत्ति जनाएका हुन् ।
उनले सरकारले दोषीमाथि कारबाही गर्नुको साटो पुरस्कार दिने काम गरिरहेको आरोप लगाए। सुशासनको गफ हाँक्ने सरकारले आफनालाई जोगाउने र पुरस्कार दिने काम गरिरहेको उनको भनाई थियो ।










Facebook Comments