काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले अर्थमन्त्री डा( स्वर्णिम वाग्लेले बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । 


आजको प्रतिनिधिसभा बैठकमा उनले अर्थमन्त्रीले संसदको मानहानी गरेको दावी समेत गरे । कार्यपालिकाका सदस्य, संसद् र समितिप्रति जवाफदेही हुनुपर्ने उनको भनाई छ । 

ad

“अर्थमन्त्रीले सातवटा करका दर हेरफेर गरेँ भनेर खुलमखुला स्वीकार गर्नुभयो । यो आर्थिक अपराध हो । हामीले अपराध गर्नुभयो भनेका थिएनौँ । उहाँले धम्की दिँदै गरेकै हो, के गर्छौं भन्नुभएको छ । संसद्को मानहानी भएको छ,” उनले भने ।
उनले छानबिनका लागि रुलिङको माग गरे । 

अर्थमन्त्रीजीले सातवटा करका दरहरू हेरफेर गरेँ भनेर खुल्लमखुल्ला स्वीकार्नुभयो। यो आर्थिक अपराध भएको पनि पुनको दावी थियो ।