
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले आफ्नै पार्टी नेतृत्वको सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै बजेट कार्यान्वयन हुनेमा विश्वास नभएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटको सैदान्तिक पक्षमा बोल्दै सांसद सिंहले अहिलेको सरकारले ल्याएको बजेटबाट नेपालका कति प्रतिशत जनता खुशी भएका छन् ? भन्दै प्रश्न गरेका छन् ।
सांसद सिंहले नेपालमा अहिले व्यापार व्यवसाय गर्ने वातावरण नभएको समेत बताएका छन् । उनले अहिले डरको माहोल रहेको बताउँदै ‘डरले शासन चल्ला तर डरले परिवर्तन नआउने बताए ।’
उनले बुढानिलकण्ठमा स्कुल पढेका अर्थमन्त्रीको ठूलो नेटवर्क रहेको दावी गर्दै सांसद सिंहले आफूले सात प्रदेशमै अर्को बुढानिलकण्ठ जस्तै स्कुल बन्ने विश्वास लिएको तर, त्यस्तो नभएको गुनासो गरे । आफ्नो क्षेत्र किसान र गरिबको मात्र भएको र त्यहाँ कुनै बजार नभएको बताउँदै सांसद सिंहले आफ्नो क्षेत्रका किसानले ५ रुपैंयाँमा तरकारी बेच्ने तर, काठमाडौंका उपभोक्ताले ५० रुपैंयाँमा किनेर खाने गरेको बताए ।










Facebook Comments