
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले करको विषयमा आफूहरुले संसदीय छानविन समितिको माग गरेको रहरका लागि नभएको बताए।
“भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,” उनले भने ।
उनले करका दर हेरफेरका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग पनि गरे ।










Facebook Comments