नेपाली कांग्रेसको नीति प्रतिष्ठानको बैठक भोलि (बिहीबार) पुन: बस्ने भएको छ ।

प्रतिष्ठानको बैठक बिहीबार बिहान ११ बजे बस्ने पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । 

ad

उनका अनुसार आजको बैठकले उपप्रमुख मधु आचार्यले प्रस्तुत गरेको प्रतिष्ठानको आन्तरिक आचारसंहिता पारित गरेको छ ।

यसैगरी, विभिन्न विषयगत उपसमितिका संयोजकहरूले प्रारम्भिक अवधारणाको ‘पावर पोइन्ट प्रेजेन्टेसन’ प्रस्तुत समेत गरेका उनले जानकारी दिए ।

विपद व्यवस्थापन– मानबहादुर थापा, सूचना, प्रविधि तथा डिजिटल सुशासन– ई. दीपेश विष्ट, बाल अधिकार– उमङ्ग लोहनी र जलवायु परिवर्तन सचेतना– रोशनी गिरीले 'पावर पोइन्ट प्रेजेन्टेसन’ प्रस्तुत गरेका थिए ।